वर्तमान सरकार लुटतन्त्रलाई लुकाउन बनेको हो : महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकार देश बनाउन नभई लुटतन्त्रलाई लुकाउन बनेको सरकार भएको टिप्पणी गरेका छन् ।
सोमबारदेखि काठमाडौँमा सुरु पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले कांग्रेस, एमाले र माओवादीले देशमा लुटतन्त्र मच्चाइरहेको भन्दै अहिलेको ठुला दल मिलेर बनेको सरकार पनि देश बनाउन नभई लुटतन्त्रलाई लुकाउन बसेको सरकार भएको बताएका हुन् । उनले ठुला भनिएका तीन वटा पार्टी र पात्रले देशलाई बर्बाद बनाएको जिकिर गरे ।
सदनमा अंकगणित देखाएर शक्ति देखाउने काम काम धेरै दिन नटिक्ने उनले बताए । महतोले सबैको अधिकारका लागि सबै पहिचानवादीहरू गोलबन्द हुनुपर्नेमा जोड दिए ।
केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा महतोले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा बिचौलियाहरुलाई फाइदा पुग्ने गरि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उल्लेख गरिएको छ ।
त्यस्तै महतोले कांग्रेस दक्षिणपन्थी ध्रुवमा खुम्चिएको टिप्पणी गर्नुभएको छ भने एमाले नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण