जापानमा हिम पहिरोको चेतावनी जारी
टोकियो । जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने, हिउँ पर्ने चिसो मौसमी परिवर्तनबीच आगामी दिनमा थप भारी हिमपातको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
मौसममा आउने परिवर्तनका कारण सडकहरूमा हिउँ जम्ने र सम्भावित हिमपहिरो आउनसक्ने अवस्थाप्रति सतर्क रहन यात्रामा निस्कने नागरिकहरूलाई आग्रह गरेको छ ।
धेरै स्की रिसोर्टहरू रहेको जापानी समुद्री क्षेत्रका वरपर राज्यहरूले हरेक वर्ष भारी हिमपातको अनुभव गर्छन् ।
जापानीे रिसोर्टहरूले विदेशबाट आउने पर्यटकहरूको बढ्दो सङ्ख्यालाई आकर्षित गर्दछ।
जापानका धेरै शहरमा यो महिना उच्च हिमपात हुँदा ठाउँठाउँमा यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ मानिसहरूको मृत्यु भएको छ ।
जापानको मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले सोमबार निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्तलगायत केही पश्चिमी क्षेत्रमा थप हिमपातको सम्भावना रहेको जनाएको छ ।
एजेन्सीले ती क्षेत्रमा हिमस्खलन, हिउँले ढाकिएका सडक र पानीका पाइपहरू जमेकाले सतर्क रहन पनि चेतावनी दिएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान १० ः०० बजेसम्म उत्तरी आओमोरी शहरमा पाँच मिटर ( १६ फिट), निगाटाको उओनुमामा ३.८१ मिटर र फुकुशिमा प्रान्तको तादामीमा ३.१३ मिटर हिउँ जमेको जेएमएले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण