जापानमा हिम पहिरोको चेतावनी जारी

टोकियो । जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने, हिउँ पर्ने चिसो मौसमी परिवर्तनबीच आगामी दिनमा थप भारी हिमपातको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
मौसममा आउने परिवर्तनका कारण सडकहरूमा हिउँ जम्ने र सम्भावित हिमपहिरो आउनसक्ने अवस्थाप्रति सतर्क रहन यात्रामा निस्कने नागरिकहरूलाई आग्रह गरेको छ ।
धेरै स्की रिसोर्टहरू रहेको जापानी समुद्री क्षेत्रका वरपर राज्यहरूले हरेक वर्ष भारी हिमपातको अनुभव गर्छन् ।
जापानीे रिसोर्टहरूले विदेशबाट आउने पर्यटकहरूको बढ्दो सङ्ख्यालाई आकर्षित गर्दछ।
जापानका धेरै शहरमा यो महिना उच्च हिमपात हुँदा ठाउँठाउँमा यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ मानिसहरूको मृत्यु भएको छ ।
जापानको मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले सोमबार निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्तलगायत केही पश्चिमी क्षेत्रमा थप हिमपातको सम्भावना रहेको जनाएको छ ।
एजेन्सीले ती क्षेत्रमा हिमस्खलन, हिउँले ढाकिएका सडक र पानीका पाइपहरू जमेकाले सतर्क रहन पनि चेतावनी दिएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान १० ः०० बजेसम्म उत्तरी आओमोरी शहरमा पाँच मिटर ( १६ फिट), निगाटाको उओनुमामा ३.८१ मिटर र फुकुशिमा प्रान्तको तादामीमा ३.१३ मिटर हिउँ जमेको जेएमएले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान
-
सडक सुरक्षाका लागि बहुपक्षीय समन्वय आवश्यक छ : मन्त्री दाहाल
-
कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको घोषणा
-
मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण र शिक्षामा समान अवसर सुनिश्चित : मुख्यमन्त्री आचार्य
-
आफ्नो माग बमोजिम आएको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गर्ने
-
आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता