सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ ।
चार दिन सम्म चल्ने ७२ होलको प्रतिस्पर्धामा ३० प्रोफेसनल र १० एमेच्योर गरी कुल ४० गल्फरले दाबेदारी प्रस्तुत गर्नेछन्। नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सँगै यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, रबि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ।
प्रो गल्फरहरूलाई नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले कडा चुनौती दिने संभावना रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। शीर्ष २१ खेलाडीले बाँकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्ने नेपाल प्रोफेसनल गल्फ एसोसिएसन (एनपिजिए) का महासचिव दिपक आचार्यले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण