पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
नयाँ दिल्ली । बलिउड गायक उदित नारायण झाका दुई श्रीमती छन् । उनले आफ्नी पहिलो श्रीमती रञ्जना झालाई सम्बन्ध विच्छेद नगरी दीपा झासँग विवाह गरेका थिए ।
यो विषय बाहिर आएपछि गायकले सुरुमा त आफ्नी पहिलो श्रीमतीसँग कुनै पनि सम्बन्ध छ भनेर मान्नै अस्वीकार गरे । तर, निकै विरोधपछि उनले यो सम्बन्ध स्वीकारे । उदित नारायण केही समयदेखि पूर्व पत्नीको सम्बन्धलाई लिएर फेरि चर्चामा छन् ।
रञ्जना झाले सुपौल पारिवारिक अदालतमा वैवाहिक अधिकार पुनर्स्थापनाका लागि मुद्दा दायर गरेकी छिन् । रञ्जनाले आफ्ना गायक पतिमाथि पनि धेरै आरोप लगाएकी छिन् । यी आरोपहरूमा प्रतिक्रिया जनाउँदै उदितले यसलाई ब्ल्याकमेलिङ भनेका छन् ।
यस मुद्दाको पहिलो सुनुवाइ फेब्रुअरी २१ मा सुपौलको पारिवारिक अदालतमा भएको थियो । सुनुवाइको क्रममा, गायकले आफ्नी पहिलो श्रीमती रञ्जना झासँग सम्झौता गर्न अस्वीकार गरेका थिए । यसैबिच, उदितले उनलाई वर्षौँदेखि बस्दै आएको घरबाटै बेघर बनाएको आरोप रञ्जनाले लगाएकी छिन् । साथै, उनले गायकको दोस्रो बिहेको बारेमा पनि प्रश्न उठाएकी छिन् ।
पहिलो श्रीमती रञ्जनाले दायर गरेको भरणपोषण मुद्दाका कारण उदित कानुनी समस्यामा परेका छन् । रञ्जनाले उनीमाथि अवैध रूपमा जग्गा अधिग्रहण गरेको आरोप लगाएकी छिन् । श्रीमानले आफूलाई बेवास्ता गरिरहेको दाबी पनि उनले गरेकी छिन् ।
याचिकाका अनुसार उदितले आफ्नो जग्गा गैरकानूनी रूपमा बेचेर १८ लाख रुपैयाँ लुकाएका थिए । आफ्नो जवाफमा उदितले यी आरोपहरू अस्वीकार गरेका छन् । गायक फेब्रुअरी २१ मा सुपौल पारिवारिक अदालतमा उपस्थित भएका थिए । उनले यो मुद्दा मिलाउन अस्वीकार गरे । रञ्जनाले उनीबाट पैसा असुल्न खोजिरहेको दाबी उनको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण