गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको विषयमा गसिप चलिरहेका छन् । केही रिपोर्ट र सामाजिक सञ्जालका पोस्टहरूले यी दुईको ३७ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य हुन सक्ने दाबी गरिरहेका छन् । तर, यी अफवाहमा गोविन्द र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
गोविन्दा र सुनिता आहुजाको सम्बन्ध विच्छेदको यी सबै खबरले उनीहरूका फ्यानहरू स्तब्ध भएका छन् । रेडिटमा एउटा पोष्टपछि यो हंगामा भएको हो । यो पोष्टमा ‘गोविन्द र सुनिता आहुजा ३७ वर्षपछि सम्बन्ध विच्छेद गर्दैछन्’ भनेर लेखिएको थियो ।
यसैबीच, केही अपुष्ट स्रोतहरू र मिडिया रिपोर्टहरूले पनि ३० वर्षीय मराठी अभिनेत्रीसँग गोविन्दाको अफेयरका कारण वैवाहिक सम्बन्ध अन्त्य हुने स्थितिमा पुगेको दाबी गरेका छन् ।
अभिनेताका श्रीमान–श्रीमतीबिचको मतभेद निरन्तर बढ्दै गइरहेको र फरक जीवनशैलीका कारण सम्बन्ध टुट्ने अवस्थामा पुगेको दाबी गर्दै टाइम्स नाउले एउटा समाचार लेखेको छ । तर यस खबरमा गोविन्दा र उनको परिवारले कुनै टिप्पणी गरेका छैनन् । सुनिता आहुजाको पुरानो अन्तरवार्तालाई केहीले यो हल्लाको कारण मानेका छन् ।
- के थियो अन्तरवार्तामा ?
सुनिता आहुजाले आफू बच्चाहरूसँग छुट्टै फ्ल्याटमा बसिरहेको बताएकी थिइन् । गोविन्दा भने यो अपार्टमेन्टको सामुन्ने भएको अर्को बंगलामा बस्ने उनको भनाइ थियो । दुवैको जीवनशैली पनि फरक छ । गोविन्दा १० जना मानिसहरूले घेरिएर बसेका हुने पनि उनले बताइन् । तर आफूलाई छोराछोरीको साथमा एक्लै बस्न मन पर्ने उनको भनाइ थियो । अहिलेसम्म गोविन्दा आफैंले यी हल्लाहरूमा कुनै प्रतिक्रिया दिएका छैनन न त उनको परिवारबाट कसैले यसबारे कुरा गरेका छन् । सुनिताले १९८७ मा गोविन्दसँग बिहे गरेकी थिइन् । दुबैका टीना र यशवर्धन गरेर एक छोरा र छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण