जग्गामा लफडा, ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरा । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसद पदमबहादुर आलेका छोरा प्रभात आलेमाथि कुटपिट गरेका छन् ।
जग्गा कारोबारमा विवाद भएपछि आफूमाथि कुटपिट भएकाे आलेले बताएका छन् । सात वर्षअघि पालिका अध्यक्ष श्रेष्ठले उनका दाइको जग्गा किनेर प्लटिङ गरेका थिए ।
जग्गा कारोबार हुँदा बाटो छोड्ने सहमति भए पनि प्लटिङका क्रममा नछोडिएको भन्दै आलेले प्रश्न उठाउँदै आएका थिए ।
‘बाटो नछोडेपछि समस्या भयो । मैले समस्या समाधानका लागि आग्रह गर्दै आएको थिएँ,’ उनले भने, ‘अस्ति पनि मिलाउनकै लागि गएको हो । उल्टै कुटपिट गर्नुभयो,’ कुटाइ खाएपछि आलेले बुधबार प्रहरीमा निवेदन दिए पनि लिन नमानेको गुनासो गरे ।
तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले भने कुटपिटको घटनामा जाहेरी लिन आनाकानी गर्न नपर्ने बताए । ‘घाउ जाँच हुन्छ । घटनाको विषयमा बुझेर जाहेरी लिन्छौँ,’ उनले भने, ‘त्यसपछि कानुनी प्रक्रिया सुरु हुन्छ ।’ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफ्नो सुरक्षाका लागि एक पटक पाइपले हिर्काएको स्वीकारेका छन् ।
‘उनी आए, मलाई झ्याप्पै टाउकोमा हाने । मैले हाँसेरै भोलि कुरा गरौँला, जानुस् प्रभातजी भनेँ । गेटभित्रै छिरेर डड्याङ डुडुङ गरे । रक्सीले फिटान भएका थिए, मैले धकेलिदिएको हो,’ उनले भने, ‘पछि पनि मलाई हानेपछि पाइपले सुरक्षाका लागि एकचोटि हान्देको हो।’ उनको दाइसँग भएको जग्गा कारोबारलाई जोडेर आफूमाथि अपशब्द बोल्ने र आक्रमणमै उत्रिने गरेको श्रेष्ठले आरोप लगाए ।
‘उनले ७ गते बेलुका ८ बजेर ५५ मिनेटतिर फोन हाने । उनको दाइसँग जग्गा कारोबार भएको थियो । त्यो जग्गा हामीले प्लटिङ गरेर बेचिसक्यौँ,’ उनले भने, ‘अहिले आएर त्यहाँ बाटो राखेनछ भनेर ४-५ दिनदेखि नै मुख छोडेर गाली गरिरहेका थिए । भोलि कुरा गरौँला भन्दा मानेनन् । घरमै आएर आक्रमणमा उत्रिए ।’
घटनाबारे प्रभातको परिवारलाई समेत जानकारी गराएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण