९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
म्याग्दी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चार वटा जिल्लाका ९१ वटा कृषि फार्म, सहकारी र समूहलाई यस वर्ष करिब रू तीन करोड अनुदान वितरण गर्ने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लामा लागू भएको स्याउ, सुन्तला, आलु, च्याङ्ग्रा र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) मार्फत अनुदान पाउने लाभग्राही छनोट गरेको हो ।
सार्वजनिक सूचना जारी गरेर प्राप्त भएका आवेदनहरूको स्थलगत अध्ययन गरि प्राविधिक समितिको बैठकले छनोट गरेका लाभग्राहीसँग जोमसोम र बेनीमा रहेको परियोजनाको कार्यालयमा सम्झौता गर्न थालिएको परियोजनाका प्रमुख भरतराज गौतमले बताए ।
कृषि तथा पशुजन्य बस्तुको उत्पादन वृद्धिका लागि खेती विस्तार, यान्त्रिकरण, साना सिँचाइ, भण्डारण र बजारीकरणसम्बन्धी कार्यका लागि प्रस्तावित परियोजनाका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने उनले बताए ।
मुस्ताङको पाँच वटा स्थानीय तहमा लागू भएको च्याङ्ग्रा जोन कार्यक्रममार्फत दुई वटा शीर्षकमा ११ र आलु जोनमा आवद्ध १३ वटा संस्था तथा फार्मले रू ३४/३४ लाख अनुदान पाउने भएका छन् ।
स्याउ जोनमार्फत ४२ वटा फार्म तथा संस्थालाई रू एक करोड ४६ लाख अनुदान प्रदान गरिने परियोजनाका प्राविधिक गणेश जिसीले बताउनुभयो । सिँचाइ पूर्वाधार निर्माण तथा सम्भार कार्यक्रममार्फत २२ वटा संस्था तथा फार्मालाई अधिकतम रू दुई लाखका दरले अनुदान दिन छनोट गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका, मङ्गला, मालिका, पर्वतको जलजला गाउँपालिका र बागलुङ नगरपालिकामा लागू भएको सुन्तला जोन कार्यक्रमबाट १८ वटा संस्था तथा फार्मलाई रू ५५ लाख अनुदानका लागि छनोट गरिएको परियोजनाले जनाएको छ ।
रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा लागू भएको आलु जोनबाट छ वटा समूहलाई रू १९ लाख र बङ्गुर जोनमार्फत एक वटा फार्मलाई पाँच लाख अनुदान दिन छनोट गरिएको छ । किसानलाई मागको आधारमा विभिन्न कृषि औँजार र उपकरण पनि उपलब्ध गराउने कार्यक्रम रहेको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण