रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
दोहा । दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुनेछ ।
‘त्यस्तो बैठक भोलि इस्तानबुलमा हुनेछ । मलाई लाग्छ कि यसको परिणामले हामी कति छिटो र प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ भनेर देखाउनेछ’, विदेशमन्त्री लाभरोभले कतारको भ्रमणमा बुधबार भने ।
लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उहाँहरू युक्रेनबिना नै युक्रेन युद्धबारे वार्ता सुरु गर्न सहमत भएका थिए ।
त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् । गत बुधबार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भनेर युद्ध अन्त्य गर्न ‘छिटो अघि बढ्न’ आह्वान गरेका थिए ।
तीन वर्षअघि मस्कोले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्नबाट बच्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा सोमबार दुई पटक रुसको पक्षमा मतदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण