रारा ताल किनारको डाँफे होटलमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
सुर्खेत । मुगुस्थित रारा ताल किनारमा रहेको डाँफे होटलमा आगलागी भएको छ । बुधबार राति ११ बजेतिर आगलागी भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुमार न्यौपाने रातोपाटीलाई बताए ।
‘आएको पाहुनाहरू सबै सुतिसकेका रहेछन्, भान्साको काम सकेर होटेल कर्मचारी निस्कनुभयो,’ उनले भने, ‘त्यही भान्साबाट आगो सुरु भएर सबै सामानहरू जलेर नष्ट भयो । मानवीय क्षति भने भएको छैन ।’
उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यहाँ पुगेर आगो नियन्त्रण गरिसकेको छ । नेपाल प्रहरीको टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । ‘म पन संयोगले यही आएको थिएँ, उनले भने, ‘के कति क्षति भयो भन्ने विस्तृत विवरण पछि आउला ।’
नजिकै ताल भएपनि सामग्री हुँदा नियन्त्रण गर्न कठिनाइ हुँदा सबै जलेर नष्ट हुन पुगेको उनले बताए । उक्त होटेल पूर्व सांसद गोपाल बमको हो । यो होटेल रारा ताल किनारको एकमात्र होटेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण