अर्जेन्टिनामा दुई फुटबल समर्थकमाथि गोली प्रहार
काठमाडौँ । रिकोपा सुडामेरिकाना फुटबल प्रतियोगिताको फाइनलको दोस्रो लेगअघि अर्जेन्टिनामा दुई समर्थकमाथि गोली प्रहार भएको छ । उनीहरुमाथि बुधबार राति रियो दि जेनेरियोको समुद्री तटमा गोल प्रहार भएको समाचारमा जनाइएको छ ।
रिकोपा सुडामेरिकानाको फाइनल खेल बोटाफोगो र भ्रमणकारी टोली रेसिङबिच खेलिँदै छ । सहरको पश्चिमी भागमा रहेको बारा डा टिजुकास्थित समुद्री तटमा घुमिरहँदा ती दुई समर्थकमाथि गोली प्रहार भएको समाचारमा जनाइएको छ ।
ती फुटबल समर्थकमाथि गोली प्रहार गर्ने अज्ञाँत व्यक्तिको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ । दुबै समर्थकको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । दुई समर्थकमध्ये एकको मिगुएल काउटो हस्पतालमा शल्यक्रिया गरिएको थियो ।
रियोको स्वास्थ्य सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार, अर्का समर्थकको लारेन्को जर्ज अस्पतालमा उपचार भइरहेको छ । टेलिभिजन फुटेजमा दुईमध्ये एक समर्थकलाई रियो फायर डिपार्टमेन्टको हेलिकोप्टरमार्फत एयरलिफ्ट गरिएको देखाएको छ ।
स्थानीय प्रहरीले घटनाको अनुशन्धान भइरहेको र हालसम्म कसैलाई पनि गिरफ्तार नगरिएको जनाएको छ । गोली लागेर घाइते भएका दुबै फुटबल समर्थकको परिचय खुलाइएको छैन । रिकोपा सुडामेरिकाना फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार खेलिने छ ।
फाइनलको पहिलो खेलमा अर्जेन्टिनी टोली रेसिङले बोटाफोगोलाई २–० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण