भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री
बिहीबार, १५ फागुन २०८१, १३ : ४४

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्न लागेको बताएका छन् । सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि उनले भने, ‘जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्ने तयारी भइरहेको छ ।’
भूकम्पपछिको क्षतिको आकलन, पुर्ननिर्माण र पुनर्स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको लेखकले बताए । मन्त्रालयका अनुसार फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोटमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई को कार्यालय उद्घाटन गरिँदैछ ।
जाजरकोटमा २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भएको भूकम्पले ठुलो क्षति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?