राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पीएसओलाई बिना कारण सरकारले फिर्ता बोलाएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?’ भन्दै मुकुमलुङ घटनाबारे छानबिन हुनुपर्ने समेत माग गरे ।
नेपाली सेनाले समयमै मुकुमलुङ घटना बारे सरकारलाई सचेत गराएको भन्दै उनले सेना धन्यवादको पात्र रहेको बताए ।
उनले प्रहरीको संरक्षणमा आफू र आफ्ना पार्टीका कार्यकर्तामाथि ताप्लेजुङमा कुटपिट भएको आरोप लगाउँदै त्यसमाथि छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।
‘मुक्कुमलुङ बचाउ पदयात्रा’ पश्चात् फागुन ८, ९ र १० गते राज्यबाट भएको दमन मानवता विरुद्धको अपराध साबित भएको आरोप उनले लगाए ।
फागुन ८ गते आफूहरू होटेलमा बस्दा जिल्ला प्रहरी प्रमुखले नै खाना र पानी किन दिएको भनेर होटेल व्यवसायीलाई थर्काएको उनले दाबी गरे । राति १२ बजे निस्कनु भनेर प्रशासनले भनेको र बाहिर निस्कँदा आक्रमणको प्रयास भएको उनले बताए ।
प्रहरीको मौनता रहस्यमय रहेको बताउँदै उनले फागुन १० गते काफ्ले पाटीदेखि फुङलिङसम्म मशाल जुलुस प्रदर्शन गर्दा शङ्कास्पद ढंगले हस्तक्षेप भएको बताए ।
मुक्कुम्लुङ आस्थाको, सांस्कृतिक र पर्यावरणीय संरक्षणको स्थल भएकाले नो केबलकार आन्दोलन भूमाफिया र दलालहरूको षड्यन्त्रको विरुद्ध आम जनताले संघर्ष गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण