गुजराजले सजिलै हरायो बेंगलुरुलाई
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटको आफ्नो पछिल्लो खेलमा गुजरात जायन्ट्सले सफलता हात पारेको छ । गुजरातले बिहीबार राति खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने १६.३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
गुजरातको जितमा कप्तान आस्लिघ गार्डनरले अर्धशतकीय पाली खेलिन् । उनले ५८ रन बनाइन् । यस क्रममा उनले केवल ३१ बलको सामना गरी तीन छक्का र ६ चौका प्रहार गरिन् । फोएब लिचफिल्डले पनि ३० रन बनाइन् ।
त्यसअघि, बेंगलुरुका लागि कनिका आहुजाले सर्वाधिक ३३ रन बनाएकी थिइन् । राघवी बिष्टले पनि २२ रन बटुलिन् । चार खेल खेलेको मुम्बई इन्डियन्स ६ अंकसहित पहिलो र पाँच खेल खेलेको दिल्ली क्यापिटल्स ६ अंकसहित दोस्रो स्थानमा छन् ।
पाँच खेल खेलेको बेंगलुरु चार अंकसहित तेस्रो, समान खेल खेलेको यूपी वारियर्स चार अंकसहित चौथो र समान खेल खेलेको गुजरात चार अंकसहित पाँचौँ स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण