रेफ्रीमाथि खनिएपछि चार खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
काठमाडौँ । विश्व फुटबलका चर्चित प्रशिक्षक होजे मोउरिन्होमाथि टर्किस फुटबल महासंघले चार खेलको प्रतिबन्ध लगाएको छ । महासंले ६२ वर्षीय प्रशिक्षकमाथि जरिवाना पनि तोकेको छ ।
मोउरिन्हो हाल टर्किस क्लब फेनरबाचेका प्रमुख प्रशिक्षक हुन् । गालातसारेविरुद्धको खेलपछि टर्किस रेफ्रीलाई अप्रिय टिप्पणी गरेको आरोपमा प्रशिक्षक मोउरिन्होमाथि प्रतिबन्ध र जरिवाना लगाइएको महासंघले जनाएको छ ।
चर्चित पोर्चुगिज प्रशिक्षक मोउरिन्होले अब ४४ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । फेनरबाचे र गालातसारेबिच गत सोमबार खेलिएको सुपर लिगअन्तर्गतको खेल गोलरहित बराबरीमा सकिएपछि मोउरिन्होले रेफ्री र म्याच अफिसियलहरुको आलोचना गरेका थिए ।
मोउरिन्हो खेलपछि आयोजित पत्रकारसम्मेलनमा रेफ्री र अफिसियलहरुमाथि खनिएका थिए । उनी सन् २०२४ मा फेनरबाचेको प्रशिक्षक बनेका थिए । त्यसअघि मोउरिन्होले एएस रोमा, टोट्टनहाम, म्यानचेस्टर युनाइटेड, चेल्सी, रियल म्याड्रिड, इन्टर मिलानलगायतका प्रभावशाली क्लबमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण