राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
शुक्रबार, १६ फागुन २०८१, १६ : ३७
काठमाडौँ । राप्रपा नेपालले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र सङ्गठन सुदृढीकरणका बारेमा छलफल र समीक्षा हुने स्रोतले बतायो । पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै महत्वका साथ बैठकमा छलफल हुने समेत बताइएको छ।
पूर्वराजाको सन्देश पश्चात् पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी हिन्दुवादी र सङ्घीयता विरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण