सेनालाई हराउँदै आयोजकले उचाल्यो गोर्खाली रग्बी सेभेन्स
काठमाडौँ । गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल भएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित गर्यो।
निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय ७–७ स्कोरले बराबरी भएको थियो। त्यसपछिको थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो। गोर्खालीका कप्तान यदु अधिकारीले उक्त गोल्डन स्कोर गरेका हुन्।
जितसँगै विजेता टोलीले २ लाख रुपैयाँ जित्न सफल भएको छ। नेपाली रग्बी खेलको इतिहासमा यो अहिले सम्मको सर्वाधिक राशि हो। उपविजेता त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गर्यो।
गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए। यसअघिको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १७–१२ स्कोरले पराजित गरेको थियो। उक्त खेलको निर्धारित समय पनि १२–१२ को स्कोरमा बराबरी हुन पुगेको थियो। खेलको अन्तिम समयमा कर्णालीले एउटा सहज कन्भर्जनमा पाएको २ स्कोर गर्न चुक्दा टोलीको फाइनल पुग्ने अवसर गुमायो। त्यसपछिको थप समयमा आर्मीले गोल्डन स्कोर गर्दै जोड्दै फाइनलमा स्थान बनाएको थियो।
दोस्रो सेमिफाइनल खेलमा आयोजक गोर्खाली रग्बी क्लबले सशस्त्र प्रहरी बलको एपीएफलाई २९–० स्कोरले सहजै पराजित गर्यो। एकतर्फी रूपमा टुंगिएको खेलमा गोर्खाली क्लब सुरुआत देखि नै हाबी देखिएको थियो। खेलमा एपीएफले कुनै अंक जोड्न सकेन।
प्रतियोगिताका विजेता टोलीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, राइट पथका एमडी फिलिप केसी, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले पुरस्कार वितरण गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण