समाचार
धनगढीको सामुदायिक वनमा २ जना मृत फेला
आइतबार, १८ फागुन २०८१, ११ : ०२

धनगढी । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। आइतबार बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार मृत फेला पर्नेमा धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन् । उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
उक्त ठाउँबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्था मृत फेला परेका छन्। डीएसपी बोहराका अनुसार घटनाबारे अनुसन्धान जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर