प्रहरीले अनुसन्धानलाई प्रविधि मैत्री बनाउन आवश्यक छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेकोले अपराध अनुसन्धानलाई परिमाणमुखी बनाउन प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए।
उनले अनुसन्धान प्रक्रियालाई अझ परिष्कृत गर्दै नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सिमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उल्लेख्य गर्दै उनले सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
लागू औषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तु खुला सीमाबाट भित्रिने कारण नेपाली किसानहरू मर्कामा परेको उल्लेख गर्दै उनले नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने सुझाव दिए।
गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारीहरू, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको छ । कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिनेछ ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनाल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय चलचित्र पुरस्कार : नीर शाह र मिरुना उत्कृष्ट कलाकार
-
अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
-
अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
-
सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
-
सार्वजनिक खरिद ऐनका जटिलता तत्काल हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री
-
हामी एक-एक घण्टामा सेयर बजारको इन्डेक्स हेरेर बस्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण