गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा इजरायलको रोक
तेल अभिभ । इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ। गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउने अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेकाले यो निर्णय गरिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावमा रमजान र यहूदी निस्तार चाडलाई समेट्न युद्धविरामको अवधि छ हप्ता बढाउने समावेश थियो । इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो।
तर हमासले युद्धविराममा अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गर्नु र हाल कायम सम्झौताको दोस्रो चरण लागू गर्नु रहेको बताएको छ। जनवरी १९ मा लागू भएको इजरायल र हमासबिचको गाजा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार समाप्त भएको थियो।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो जसमा लगभग १,२०० जनाको मृत्यु भयो र २५१ जनालाई बन्धक बनाइएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजा पट्टीमा हवाई र स्थल अभियानमा लगभग १५ महिनाको अवधिमा कम्तीमा ४८,३६५ जनाको मृत्यु भएको थियो।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण