अब गोलरक्षकले आठ सेकेन्डभन्दा बढी बल नियन्त्रणमा राख्न नपाउने
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलको एउटा नियम छिट्टै परिवर्तन हुने भएको छ । इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले परिवर्तित नियमलाई अनुमोदन समेत गरिसकेको समाचारमा जनाइएको छ ।
खेलका क्रममा गोलरक्षकले निर्धारितभन्दा बढी समयसम्म बल आफ्नो नियन्त्रणमा राखे विपक्षी टोलीलाई कर्नर प्रहारको अवसर दिने गरी नियम परिवर्तन गर्न लागिएको बताइएको छ । परिवर्तित नियम अनुसार, कुनै पनि टोलीका गोलरक्षकले आठ सेकेन्डभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्न पाउने छैन । लामो समयको छलफलपछि यस्तो नियम बनाइएको हो ।
यो नयाँ नियम निकट भविष्यमा आयोजना हुने फिफा क्लब विश्वकपदेखि लागू हुनेछ । फिफा क्लब विश्वकपको आगामी संस्करण जुनमा आयोजना हुँदैछ ।
क्लब विश्वकपमा सफलत परीक्षणपछि यो नियम आगामी सिजनको अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु प्रतियोगिताहरुमा पनि लागू गरिने समाचारमा जनाइएको छ । गोलरक्षकले समय खेर फाल्न बढीभन्दा बढी समय बल आफ्नो नियमन्त्रणमा राख्ने परम्परा बढ्दै गएकाले खेललाई निश्पक्ष बनाउन यस्तो नियम तयार पारिएको बताइएको छ । अहिले नियम अनुसार, गोलरक्षकले ६ सेकेन्डभन्दा बढी समय गोलरक्षकले बल नियन्त्रणमा राखेमा रेफ्रीले विपक्षी टोलीलाई अप्रत्यक्ष फ्रिकिक प्रहारको अवसर दिन सक्छन् । तर, यो नियममा निकै विवाद देखिँदै आएको छ ।
इन्टरनेशनल फुटबल एसोसिएसन बोर्डले नयाँ नियम लागू भएपछि खेललाई निश्पक्ष बनाउन निकै मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेको छ । यो नियम इङ्ल्यान्डको दोस्रो श्रेणीको युवा प्रिमियर लिगमा परीक्षण गरिएको थियो । इटाली र माल्टामा आयोजना भएका सामान्य प्रतियोगिताहरुमा पनि यो नियमको परीक्षण गरिएको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण