अपडेट
एमडीएमएस खरिद अनियमतिता सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
आइतबार, १८ फागुन २०८१, १८ : ४६
काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भएको भनिएको अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार विशेषका न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार गत वर्ष चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
आयोगले प्रतिवादीविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
अख्तियारले पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई पनि प्रतिवादी बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
-
सुनसरी घटनामा सरकारसँग जेनजी अभियन्ताको ५ बुँदे माग
-
भारतीय क्रिकेट टोलीका सहायक प्रशिक्षकले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण