मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता
पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन २७ गतेदेखि २९ गतेसम्म दोस्रो अध्यक्ष कप खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
पालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले स्थापना दिवस एकीकृत रुपमा मनाउन लागेको बताए । ‘यसअघि भलिबल र स्थापना दिवस फरक मितिमा गरिन्थ्यो । त्यसले खर्च बढायो,’ उनले भने, ‘यसपालि सँगै गर्ने र मितव्ययी हुने गरी निर्णय गरिएको छ ।’
प्रतियोगितामा गण्डकी प्रदेशका ८५ वटै पालिकाका वडाहरूले सिफारिसका आधारमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ३ याङ्जाकोटमा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सेमिफाइनल पुगेका बाँकी २ टिमले पनि ५० हजारका दरले पुरस्कार पाउने छन् । यस्तै विधागततर्फ तर्फ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पालिका स्थापना दिवसमा शिक्षकहरूबिच हाजिरी जवाफ पनि हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार दिइने छ । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी, किसान, शिक्षक र स्वास्थ्यकर्मी लगायतलाई सम्मान गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण