लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको नयाँ मिति सार्वजनिक
काठमाडौँ । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको मिति सरेको छ । फागुन १९ देखि २९ गतेसम्म नेपालगन्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म आयोजना हुनेछ ।
आयोजक अन्तरालले प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको जानकारी दिए । ‘प्राविधिक कारणले प्रतियोगिताको मिति सारिएको हो । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौँ,’ उनले भनेका छन् ।
प्रतियोगितामा नेपालका चर्चित क्लब, विभागीय टोली र भारतीय टोलीहरूलाई आमन्त्रण गरिसकिएको जानकारी पनि उनले दिए । बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने विश्वास पनि आयोजकले लिएको छ ।
प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टोलीसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरी खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाइएको जानकारी बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले दिए ।
बाँकेको महिला फुटबल टोलीले धम्बोझीस्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षक सानु तामाङ र रवीन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । नेपालगन्ज रंगशालाको मैदानमा घाँस उर्माने कार्य पनि भइरहेको पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण