विदेशीको 'भिख' थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्ध हुँदैन : विप्लव
सुर्खेत। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपालका नेताहरूले अन्य देशसँग 'भिख' मागिरहेको बताएका छन्। विदेशीसँग सहयोगको नाममा भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने उनको भनाइ छ ।
'गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव छैन,' आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन । अहिले देशको उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्यो । यसले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।'
कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भएको बताउँदै विप्लवले उत्पादन अभियानमा जोडिनुको विकल्प नभएको बताए ।
राजनीतिक आन्दाेलनलाई उत्पादन, आर्थिक क्रान्तिमा जोड्न सकियो भने देश चाँडै परिवर्तनको दिशामा जान सक्ने उनको भनाइ छ।
'कृषि क्रान्तिलाई अगाडि बढाउन सकियो भने राम्रो परिणाम ल्याउन सकिन्छ भनेर हामी लागेका छाैं,' उनले भने, 'अहिले हाम्रो पार्टीमा चन्दा माग्नुपर्ने अवस्था छैन। डेढ वर्षमा नै राम्रो भएको छ।'
राजनीतिक गर्ने मान्छेले श्रम नगर्ने भन्ने प्रवृत्तिको अन्त्य गरिने पनि उनले बताए। १ महिनादेखि कर्णालीमा रहेका विप्लवले जुम्लामा ७ सय स्याउका बिरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरिएको जानकारी गराए ।
उनका अनुसार भेडा फार्ममा अहिले करिब १५० भेडाहरू रहेका छन्। भेडा पालन ९० वटाबाट सुरु गरिएको उनको भनाइ छ । उनले भने, 'जनताले पनि सहयोग गरेका छन्, धागो, कपडा उद्योगको विषयमा पनि कुरा भएको छ। हामी गर्छौँ।'
उत्पादन विना सुखभोग गर्ने कुरा राम्रो नभएकाले आफैबाट सुरुवात गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण