अपाङ्गता भएकी महिलालाई करणी गर्ने पुरुष १ वर्षपछि पक्राउ
सोमबार, १९ फागुन २०८१, १० : ५६
काठमाडौँ । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट ६३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाकोट घर भएका गोबिन्द्रप्रसाद बस्याल छन् ।
घटना भएको १ वर्षपछि उनलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए । २६ वर्षीया महिलाले उनीविरुद्ध २०८१ जेठमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
पीडित महिलालाई आरोपीले घरमा काम गराउने गरेको र कोही नभएको मौकामा बलात्कार गरेको बताइएको छ । जबरजस्ती करणीको कारण पीडितले बच्चा जन्माएकी छन् ।
उनको बच्चा ३ महिनाको भएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर मरासिनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण