सप्तरीमा ८० बोरा गाँजा बरामद
सोमबार, १९ फागुन २०८१, १३ : ४६
सप्तरी । सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरिएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए । उनका अनुसार अहिले गोदाममा खोजविन चलिरहेको छ ।
गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ । कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनायो ।
गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख खतिवडाले बताए । सीडीओ भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्तरूपमा गोदाममा छापा मारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण