२८ डिएसपी एसपीमा बढुवा, एक नम्बरमा अच्युत पुडासैनी (सूचीसहित)
काठमाडौं - नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
शनिबार बसेको बढुवा समितिको बैठकले अच्युत प्रसाद पुडासैनीलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिले प्रकाशन गरेको सूचीअनुसार गंगा पन्त, आभुषण तिम्सिना, सोमेन्द्रसिंह राठौर, रबि कुमार पौडेल, विश्वमणी पोखरेललगायत २८ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा अधिकृतको रुपमा कार्यरत डिएसपी सानुराम भट्टराई कार्यक्षमतामा कमजोर मानिएपनि चौथौं नम्बरमा बढुवा सिफारिस भएका छन् ।
५५ इन्स्पेक्टर डिएसपीमा बढुवा
यसैबीच, प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार मिम बहादुर लामा एक नम्बरमा बढुवा भएका छन् ।
इन्सपेक्टर रमेश बहादुर सिंह, रोशन खड्का, पुरुषोत्तम प्रसाद पाण्डे, भिष्म हुमागाई लगायतका ५५ जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।
डिएसपी बढुवाको सूची हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण