नक्कली भुटानी शरणार्थी प्रकरण
बेचन झाविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश
सोमबार, १९ फागुन २०८१, १७ : १७
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । सोमबार तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।
गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो । गत माघ २ गते उनले सर्वोच्च पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण