सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र 'हरिबहादुरको जुत्ता'को छायांकन सकिएको छ । २९ दिनमा चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो ।
चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रूपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए । हरिवंश भन्छन्,'निर्देशक दीपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन्न गर्यौ । हाम्रो टिम एकदम राम्रो बन्यो। सम्पूर्ण कलाकार र प्राविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ ।' उनले गीतहरूको पार्ट पनि सहज रूपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास राखेका छन्।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहित वंश आचार्य निर्माताको रूपमा रहेका छन्। हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेब पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।
चलचित्र दशैको फूलपातीमा नै रिलिज हुने निर्माता सरोज ओलीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
-
गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
-
प्रतिक थापा कारागारबाट छुटे, अख्तियारबाट तारेखमा छुट्दै
-
अमूर्त लगानीमा एआईकाे नयाँ कीर्तिमान
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण