भैरहवामा कांग्रेसका २ महामन्त्री र ४ विज्ञले के–के विषयमा दिए प्रशिक्षण ?
बुटवल । नेपाली कांग्रेसको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले भैरहवामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
दुई दिने प्रशिक्षणको पहिलो दिन सोमबार पार्टीका दुई महामन्त्री र चार जना विज्ञले देशभरबाट आएका क्षेत्रीय सभापति, उपसभापति तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखलाई प्रशिक्षण दिएका छन् ।
नेपाल कांग्रेस नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे । यस्तै, अर्का निर्देशक डा. कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेसको नेतृत्व ः आर्थिक, सामाजिक विकास तथा तहगत सङ्गठन’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।
सदस्य विश्वदीप लामिछानेले ‘नेपाली कांग्रेसको सङ्गठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालमा सङ्घीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।
यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्दा र अर्का महामन्त्री गगनकुमार थापाले पार्टीको सङ्गठन, सदस्यता अभियानका साथै केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रबिचको अन्तर सम्बन्ध विषयमा प्रशिक्षण दिएको प्रतिष्ठानका सदस्य अमृत बहादुर कार्कीले रातोपाटीलाई बताए ।
मंगलबार प्रत्येक समूहबाट दुई जनाले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको उनले खुलाए ।
सोमबार प्रशिक्षणमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई बलियो बनाउन दुई ‘स’ अर्थात् संगठन र समुन्नतिको नीति अवलम्बन गर्नुपर्ने बताए । यसको कार्यान्वयनका लागि पाँच ‘स’ अर्थात् समय, संयम, समन्वय, सम्प्रेषण र सहकाय गर्नुपर्नेमा शर्माले जोड दिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सभापति हिराबहादुर केसीले रातोपाटीलाई बताए ।
अर्का महामन्त्री गगन कुमार थापाले प्रशिक्षणमा पार्टी विधान अनुसार तोकिएको मितिमा महाधिवेशन हुने उल्लेख गर्दै क्रियाशील सदस्य समयमा टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
थापाले महाधिवेशनको वर्ष क्रियाशील सदस्यता नदिने नीति अनुसार नै चैत २९ गतेभित्र क्रियाशील सदस्यता नवीकरण भइसक्नुपर्ने प्रस्ट पारेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले रातोपाटीलाई बताए ।
प्रशिक्षणमा नेपाली कांग्रेस नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले लोक कल्याणकारी नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेसले २०४८ सालमा अंगीकार गरेको आर्थिक नीतिले मूलक चलेको उनको भनाइ थियो ।
प्रतिष्ठानका अर्का कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले नेपालमा सङ्घीयता कार्यान्वयनको विकल्प नभएको बताए । उनले सङ्घीयता कान्र्यान्वयन गर्न समयमा कर्मचारी ऐन नआउनु, अधिकार बाँडफाँट नहुनुजस्ता कारणले समस्या देखिए पनि संघीयताको विकल्प नभएको प्रस्ट पारेका थिए ।
देशभरका क्षेत्रीय सभापतिहरू सहभागी प्रशिक्षण मंगलबार दिनभर पनि चल्ने छ । यसअघि सोमबार बिहान प्रशिक्षण उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई सुधार गर्ने र एक ढिक्का तुल्याउन यो प्रशिक्षण कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गरेका थिए ।
उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
प्रशिक्षणमा मुलुकभरका एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० जना गरेर ३ सय ३० जनाको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय चलचित्र पुरस्कार : नीर शाह र मिरुना उत्कृष्ट कलाकार
-
अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
-
अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
-
सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
-
सार्वजनिक खरिद ऐनका जटिलता तत्काल हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री
-
हामी एक-एक घण्टामा सेयर बजारको इन्डेक्स हेरेर बस्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण