समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति सुधार गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
रेग्मीले अरूलाई घोचपेच गरेर खुसी हुने प्रवृत्ति बढेको बताए । उनले मानवता, नैतिक शिक्षा जस्ता विषयमा पठनपाठन गराउन छोडिएको भन्दै मानवीय सद्चरित्र र आदर्शका गुण हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘आज सदाचार, नैतिकता र सदाचार जस्ता मानवीय सद्चरित्र जस्ता आदर्शका गुणहरु समाजमा ह्रासोन्मुख छन् । मानवता, नैतिकता र सद्चरित्र जस्ता विषयको सिकाई र शिक्षाबारे राम्रो गहन अध्ययन गराउनै छोडियो । मानिसमा आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ ।’
कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई सर्वोदय सेवा संघले भैरव सदाचार राष्ट्रिय पुरस्कार २०८१ समर्पण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण