दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधिप्रति चेतावनी दिएकी छिन् । मंगलबार दक्षिण कोरियामा अमेरिकी विमानवाहक जहाज तैनाथ गरिएको थियो । त्यहाँ भइरहेका यावत् अमेरिकी सैन्य गतिविधिहरूको प्रतिक्रियामा उनले प्रतिक्रिया दिएकी हुन् ।
यसलाई किमले अमेरिका र उसका दासहरूको द्वन्द्व मानसिकता भनेकी छिन् । साथै, कोरियाले आफ्नो सुरक्षालाई खतरामा पार्ने कार्यहरूविरुद्ध कदम चाल्न सक्ने चेतावनी दिएकी छिन् ।
अमेरिकाले यूएसएस कार्ल भिन्सन र अन्य अमेरिकी सैन्य सम्पत्तिहरू तैनाथ गरेर उत्तर कोरिया विरुद्ध आफ्नो सबैभन्दा शत्रुतापूर्ण र टकराबपूर्ण मनसाय स्पष्ट रूपमा देखाएको किमको भनाइ थियो । उनको भनाइले उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र परीक्षण गतिविधिहरू बढाउन सक्ने सङ्केत गरेको छ । उत्तर कोरियासँग लामो दूरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू पनि छ ।
यसअघि आइतबार युएसएस कार्ल भिन्सन र यसको स्ट्राइक समूह दक्षिण कोरिया आइपुगेको थियो । उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको प्रतिक्रियामा अमेरिका र दक्षिण कोरियाबिचको सैन्य साझेदारीलाई सुदृढ पार्ने उद्देश्यले यो तैनाथ गरिएको थियो ।
यसैबिच, दक्षिण कोरियाको रक्षा मन्त्रालयले किम यो जोङको भनाइलाई तर्कहीन भन्दै यो उत्तर कोरियाको आणविक विकास र भविष्यमा हुने उत्तेजनालाई जायज ठहराउने प्रयास भएको बताएको छ । उत्तर कोरियाले अमेरिकी सैन्य तैनाथलाई आफ्नो सुरक्षाको लागि ठुलो खतराको रूपमा हेर्ने गरेको छ । यस्तोमा प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा