प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा मोरङ र झापाको सजिलो जित
काठमाडौँ । कोशी प्रादेशिक क्रिकेट संघद्वारा आयोजित प्रधानमन्त्री कप छनोट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा मोरङ र झापा विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा खेलिएको खेलमा मोरङले इलामलाई एक सय ७६ रनको विशाल अन्तरले हरायो ।
मोरङ दुई खेलबाट चार अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा छ । हारपछि इलाम भने तीन खेलबाट दुई अंक जोड्दै तालिकाको चौथो स्थानमा झरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाई दुई सय १८ रन बनाएको थियो ।
मोरङका लागि सकिव हलले ४५ रन बनाए । चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान गरे । इलामका बलर सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको इलामले भने १४.४ ओभरमै अलआउट हुनुअघि ४२ रनमात्र बनाउन सक्यो ।
इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रन बनाए । मोरङका प्लेयर अफ दि म्याच घोषित महबुब बाबु इराकीले तीन विकेट लिए । मिनस थापाले पनि तीन विकेट हात पारे । अर्को खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित ग¥यो । झामा दुई खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उदयपुर भने तीन खेलमा पराजित हुँदै तालिकाको सबैभन्दा तल रहेको छ ।
पहिले ब्याटिङ गरेको उदयपुले निर्धारित ४३.२ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रन बनाएको थियो । उदयपुरका आशिष भट्टराईले ८१ रन बनाएका थिए । झापाका प्लेयर अफ दि म्याच घोषित समिच कार्कीले चार विकेट लिए । सिद्धान्त कुमालले पनि तीन विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको झापाले भने ३९.५ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान गरे । सुजन थपलियाले पनि ४३ रन बनाए । उदयपुरका बलर दिपकराज जोशीले दुई विकेट लिए ।
प्रधानमन्त्री कपको छनोट प्रतियोगितामा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरि पाँचवटा टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण