श्रममन्त्रीसँग जापानीज राजदूतको भेट, दक्ष नेपाली कामदार लैजाने विषयमा छलफल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत मईडा टोरूले भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशको आपसी समझदारी एवं श्रम सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको थियो ।
जापानमा नेपाली दक्ष कामदार पठाउने विषयमा समेत छलफल भएको थियो । जापान सरकारको माग बमोजिम दक्ष नेपाली कामदार पठाउने प्रक्रिया विगतदेखि नै चलिरहेको छ । तर, हालसम्म पनि पठाउने प्रक्रिया नै सुरु भएको छैन ।
ढिलाइ भइरहेको कारण र तत्काल कसरी पठाउन सकिने भन्ने विषयमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । दुबै पक्षबिच छलफल गरी यथाशीघ्र निष्कर्षमा पुर्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
भेटका क्रममा राजदूत टोरूले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताएका थिए ।
श्रममन्त्री भण्डारीले नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरूको सेवा, सुविधा र सुरक्षा लगायतका विषयमा चासो राखेका थिए ।
नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण