दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औँ संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइबेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे ।
दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो । तर, पनि जितको लागि टाइबेर कुर्नुपर्यो ।
खेलको ३० औँ मिनटेमा एपीएफका हरी कार्कीले बललाई मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो । त्यसलगत्तै एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । सुमनले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो ।
३७ मिनेटमा एसपीएफका हरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो । दोस्रो हाफदेखि दिल्लीले पाएको सुन्दर अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन बाध्य भयो । खेलको ८५ औँ मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए ।
त्यसलगतै दिल्लीका लुन्कल गरेको वानटच बल एपीएफका गोल रक्षक श्रेष्ठले उत्कृकष्ट बचाउँदा गरिदिदा गोल हुनबाट चुक्यो । प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।
बुधबार पहिलो क्वाटरफाइनल खेल त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण