‘डिजाइनर अफ द इयर’ घोषणा
काठमाडौँ । फेसन डिजाइनरहरुको प्रतिस्पर्धा ‘डिजाइनर अफ द इयर’ घोषणा भएको छ । ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले आफ्नो स्थापनाको ३० औँ वर्षगाँठको अवसरमा ‘डिजाइनर अफ द इयर’ घोषणा गरेको हो ।
आयोजकले मंगलबार साँझ राजधानीमा एक कार्यक्रम गर्दै प्रतियोगिताको जानकारी दिएको हो । फेसन डिजाइनर, विद्यार्थी र यस क्षेत्रमा भविष्य बनाउने सपना देखिरहेका युवापुस्तालाई प्लाटफर्मको रुपमा विकास गर्ने उद्देश्यले प्रतिस्पर्धा गर्न लागिएको हिडन ट्रेजरका अध्यक्ष तथा निर्देशक अजय स्थापितले जानकारी दिए । उनले अहिले नेपालको फेसन डिजाइनिङको क्षेत्र उदाउँदो अवस्थामा रहेकोले फेसनलाई नवीनता र उद्यमशिलतासँग जोड्न जरुरी रहेको बताए ।
कार्यक्रममा आयोजकले प्रतिस्पर्धाका लागि औपचारिक आवेदन खुला भएको जानकारी दियो । काठमाडौँ, नेपालगञ्ज, पोखरा र बिराटनगरमा अडिसन हुने प्रतियोगिताको नेपालगञ्जमा मार्च ५, काठमाडौँमा मार्च ९, विराटनगरमा मार्च १० र पोखरामा मार्च १२ मा हुनेछ ।
अडिसनमा सहभागीले आफ्नो थिमअनुसार स्केच र गार्मेन्ट प्रस्तुत गर्नुपर्नेछ । मार्च १३ मा नतिजा घोषणा हुनेछ । अडिसनबाट १२ देखि १५ जना फेसन डिजाइनर छनोट हुनेछन् । छनोट सहभागीलाई सिर्जनालाई अन्तिम आकार दिन ४ देखि ५ साताको समयावधि दिइनेछ । पाका फेसन डिजाइनरले मेन्टरिङ प्रदान गर्नेछन् ।
छनोट प्रतिस्पर्धीले चर्चित फेसन डिजाइनरसँग परामर्श, सिउने मेसिनका जानकार एवम् फेब्रिक र एस्सेसरिजका आयातकर्तासँग छलफल तथा गार्मेन्ट उद्योगको भ्रमणको मौका पाउनेछन् । प्रत्येक डिजाइनरले ६ देखि ७ वटासम्म डिजाइन गर्नेछन् । जसमध्ये २ देखि ३ वटा कलेक्सन द हिडन ट्रेजर, नेसनल कस्ट्युम र इभिनिङ गाउनमा प्रयोग हुनेछ ।
चर्चित फेसन डिजाइनर जजको रुपमा हुनेछन् । प्रतिस्पर्धाको विजेताले डेढलाख रुपैयाँ नगद पुरस्कार, ज्याक ब्राण्डको सिउने मेसिन, मिस नेपाल विन्टर नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको लागि नेसनल कस्ट्युम डिजाइनको मौका, अन्तर्राष्ट्रिय इभेन्टका लागि इभिनिङ गाउन, एक जना भाग्यमानी मोडेलले मिस नेपाल २०२५ को फिनालेमा प्रवेशको मौका पाउनेछ । प्रतिस्पर्धाको ग्राण्ड फिनाले अप्रिल १२, २०२५ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण