मोदीलाई नेपाल भ्रमणको निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने
काठमाडौँ । नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् ।
निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए ।
हिजो नेपाली राजदूत शर्माले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदीको समय मिलाई दिन आग्रह गरेको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि सो आग्रहमा विदेश मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया नआएको बताइएको छ ।
परराष्ट्र मन्त्री आरजु मार्च १७–१९ तारेखमा आयोजना हुने रायसिना डायलगमा सहभागी हुने जाने भएकी छिन् । त्यस क्रममा प्रधानमन्त्री मोदीलाई नै भेटेर सगरमाथा संवादका लागि निमन्त्रणा दिने तयारी परराष्ट्रमन्त्री आरजुको रहेको छ ।
रायसिना डायलगमा अर्थमन्त्री विष्णु पौडेल जानुपर्ने कार्यक्रम थियो । तर अर्थमन्त्री पौडेल नजाने भएपछि परराष्ट्रमन्त्री तयार भएकी हुन् । भारतका प्रधानमन्त्री मोदीलाई निम्तो दिनका लागि जानैपर्ने भएपछि रायसिना डायलग कार्यक्रमको बहाना बनाएर राणा चाँडै दिल्ली जान लागेकी हुन् ।
सगरमाथा संवाद अगामी जेठमा हुँदै छ । जेठ २–४ गतेसम्म विश्वका कैयौँ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित विषय विज्ञ र अनुसन्धानदातालाई बोलाएर काठमाडौँमा संवाद आयोजना गर्ने सरकारको तयारी छ ।
संवाद कार्यक्रमका भारत, चीन तथा दक्षिण एसियाली देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी परराष्ट्रमन्त्रालयले गरेको छ । त्यसका लागि पहिलो निम्तो भारतीय प्रधानमन्त्री मोदीलाई दिन लागिएको हो ।
त्यसअघि अप्रिल २–४ सम्म थाइल्यान्डमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओली बिच साइडलाइन वार्ताको लागि पनि प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण