पूर्वराजा ज्ञानेन्द्र बागलुङमा, कालिका भगवती मन्दिरमा पूजा–अर्चना
बुधबार, २१ फागुन २०८१, १५ : ३७
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बागलुङ पुगेका छन् । त्यहाँ पुगेर उनले कालिका भगवती मन्दिरको पूजा–अर्चना गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस्’, लगायतका नारा लगाएका थिए ।
पूर्व राजा शाहले आफ्ना शुभेच्छुकसँग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण