पूर्वराजा ज्ञानेन्द्र बागलुङमा, कालिका भगवती मन्दिरमा पूजा–अर्चना
बुधबार, २१ फागुन २०८१, १५ : ३७

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बागलुङ पुगेका छन् । त्यहाँ पुगेर उनले कालिका भगवती मन्दिरको पूजा–अर्चना गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस्’, लगायतका नारा लगाएका थिए ।
पूर्व राजा शाहले आफ्ना शुभेच्छुकसँग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे
-
गण्डकी सरकारको निर्णयपछि यातायात व्यवसायी आन्तरिक छलफलमा
-
विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्री लेखकको निर्देशन
-
बागमती प्रदेशसभा : प्रतिफल योग्य आयोजना निर्माणमा जोड
-
यी तीन प्रदेशमा यस वर्ष बढी वर्षा हुने, कस्तो छ सरकारको पूर्वतयारी ?
-
नेसपा गंगानारायण श्रेष्ठ समूहका क–कसले पाए माओवादीमा जिम्मेवारी ? (सूचीसहित)