हमासलाई ट्रम्पको चेतावनी -‘भनेको नमान्दा निकै ठूलो मूल्य चुकाउन पर्ने’
बिहीबार, २२ फागुन २०८१, ०६ : ४३
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धक बनाइएकालाई रिहा गर्न भन्दै हमासलाई अन्तिम चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा ट्रम्पले ‘इजरायललाई आफुहरुले सबैथोक दिएको तर, काम पुरा नगरेको’ उल्लेख गरेका छन् ।
आफुले भनेको नमान्दा हमासका एक पनि सदस्य सुरक्षित नरहने चेतावनी समेत दिएका छन् । ट्रम्पको यो अभिव्यक्ति ह्वाइट हाउसद्वरा बन्धकहरुको मामिलामा हमाससँग सोझो कुराकानी पश्चात आएको बीबीसीले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले कडा चेतावनी दिँदै यदि बन्धकलाई रिहा गर्ने काम पुरा नगरे ‘निकै ठूलो मूल्य चुकाउन पर्ने’ बताएका छन् । यद्यपि, उनले इजरायललाई कस्तो खाले सहायता पठाएको भन्नेबारे केही खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण