आज विवाह गर्दै अस्मिता र महेश
बिहीबार, २२ फागुन २०८१, ०८ : ३७

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बिहीबार विवाह बन्धनमा बाँधिँदै छन् । उनीहरूको विवाह समारोह राजधानीमै आयोजना गरिएको छ । विवाहका लागि दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसङ्गीत क्षेत्रका व्यक्तिहरूलाई निम्तो दिएका छन् ।
विवाह समारोह भने केही दिन अगाडिदेखि आयोजना भइरहेको छ । जसमा उनीहरुले हल्दी, मेहेन्दी लगायतका गरिसकेका छन् । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
दुवैले साङ्गीतिक सहकार्य समेत गरेका छन् । जसलाई दर्शकले रुचाएका पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
-
सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै
-
योजना बैंकको औचित्य समाप्त पारियो
-
न्युजिल्यान्ड क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा रब वाल्टर
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर
-
‘एउटै पालिकाले ३ हजारदेखि ५ हजारसम्म आयोजना इन्ट्री गरे’