अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
काठमाडौँ । अमेरिकाले अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्न सेनाको विमान प्रयोग बन्द गरेको खबर छ । अमेरिकी सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार सैन्य विमानहरू मार्फत आप्रवासीहरू पठाउने धेरै खर्च लागिरहेको स्थितिलाई विचार गरेर डोनाल्ड ट्रम्प प्रशासनले यो कदम चालेको हो ।
केही आप्रवासीहरूलाई उनीहरूको गृह देश वा क्युबाको ग्वान्टानामो खाडीमा रहेको सैन्य अड्डासम्म पुर्याउन सेनाको विमानको प्रयोग महँगो साबित भएको वाल स्ट्रिट जर्नलले एउटा समाचारमा उल्लेख छ । प्रशासनले डिपोर्टेशनका लागि पछिल्ला दिनहरूमा सेनाको कुनै पनि फ्लाइट निर्धारित नगरेको अधिकारीहरूले बताएका छन् । डिपोर्टेशनका लागि अन्तिम सैन्य विमान मार्च १ मा भएको थियो । स्थगनलाई बढाउन वा स्थायी गर्न सकिने अधिकारीले बताएका छन् ।
बुधबार मात्रै एउटा अमेरिकी चार्टर्ड विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ अवैध नेपाली आप्रवासीलाई ल्याएर छोडेको थियो ।
अमेरिकी र ग्वाटेमालाका अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्क अनुसार ग्वाटेमालामा अमेरिकी सेनाको विमानबाट एक जना आप्रवासीलाई डिपोर्ट गर्न ४ हजार ६७५ डलर खर्च भइरहेको बताइएको छ ।
यो अमेरिकन एयरलाइन्सको पहिलो श्रेणीको एकतर्फी टिकट भन्दा पाँच गुणा बढी हो । अमेरिकन एयरलाइन्सको पहिलो श्रेणीको एकतर्फी टिकट मूल्य ८५३ डलर मात्रै छ । यो खर्च अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई)ले डिपोर्टेशनका लागि चलाइरहेको व्यावसायिक चार्टर उडानको लागतको तुलनामा पनि निकै धेरै भएको बताइएको छ ।
राष्ट्रपति चुनाव जिते लगत्तै ट्रम्पले अमेरिकाबाट करिब १ करोड १० लाख अवैध आप्रवासीलाई देश निकाला गर्ने कुरा गरेका थिए । यसपछि, अमेरिकी सेनाले अवैध आप्रवासीहरूलाई बोकेर ल्याटिन अमेरिकी देशहरूमा छ वटा उडान गरेको थियो ।
ट्रम्पले अवैध आप्रवासीहरूलाई विरुद्ध कारबाही तीव्र पारिरहँदा सेनाको व्यापक रूपमा प्रयोग भइरहेको छ । उनले मेक्सिकोको सीमामा सेना तैनाथ गरेका छन् ।
गैरकानुनी आप्रवासीहरूलाई राख्न सैन्य अड्डाहरू प्रयोग गर्ने गरिएको छ भने सैन्य विमान प्रयोग गरेर अवैध आप्रवासीहरूलाई देश निकाला गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण