राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
काठमाडौँ । सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट धमाधम स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेश भएका अध्यादेश धमाधम स्वीकृत भएका हुन् ।
बैठकबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन ) अध्यादेश २०८१ र ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ स्वीकृत भएका छन् ।
ती अध्यादेश सभाको बहुमतले स्वीकृत भएका हुन् । बैठकमा अध्यादेश अस्वीकारका प्रस्तावहरू बहुमतले अस्वीकृत र अध्यादेश स्वीकृत भएका हुन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सुशासनसम्बन्धी अध्यादेश स्वीकृत भएपछि राष्ट्रिय सभामा निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र सहकारी विधेयकमाथि छलफल भइरहेको छ । ती सबै अध्यादेश आजै राष्ट्रिय सभाबाट स्वीकृत गर्ने तयारी छ ।
विपक्षी दलका सांसदहरूले सरकार अध्यादेशबाट मुलुक चलाउने बाटोमा लागेको भन्दै अस्वीकृत गर्न आग्रह गरे पनि उनीहरूको सूचना अस्वीकृत हुँदै आएका छन् ।
पाँचवटै अध्यादेश बुधबारको प्रतिनिधि सभाबाट स्वीकृत भैसकेको छन् । दुवै सदनबाट स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि बढाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण