ब्युटिसियन ट्यालेन्ट नेपालका लागि छानिए १० प्रतियोगी
काठमाडौँ । एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन अडिसनबाट दश प्रतियोगी छानिएका छन् । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिद्वारा आयोजित प्रतियोगिताको रविभवन स्थित रोज ब्युटी एकेडेमीमा पहिलो अडिसन आयोजना भएको थियो । जसबाट १० प्रतियोगी छानी सफल भएका हुन् । प्रतियोगिताको अर्को अडिसन यही २८ फागुनमा हुनेछ ।
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ सिजन सेभेनको प्रमुख अतिथिमा उज्ज्वल मानन्धर र विशेष अतिथिमा लोकप्रिय हास्य अभिनेत्री पल्पसा डङ्गोल थिए ।
प्रतियोगिताको निर्णायकमा रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर एवम् कस्मोलोजिष्ट परिषी कारंजित, लायन्स क्लब अफ काठमाडौँ अभियानको अध्यक्ष नकुल गिरी, कोषाध्यक्ष सुरेन्द्र गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो विजेता एवम् सञ्चारकर्मी गायिका सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की विजेता लिना डङ्गोल, मिस ब्युटीफुल विजेता सनम खड्गी, ब्युटिसियन ऋतु पौडेल थिए ।
यस्तै ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४की फस्ट रनरअप निशा थापा बस्नेतलगायत पनि सो अडिसनमा अतिथिको रूपमा रहेका थिए ।
रोज ब्युटी एकेडेमीकी प्रबन्ध निर्देशक एवम् कस्मोलोजिष्ट परिषी कारंजितले प्रतियोगीहरूलाई आफूहरूले विभिन्न प्रशिक्षण दिएर अझ प्रतिभावान् बन्न सघाउने बत्ताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण