मेस्सीको अनुपस्थितिमा इन्टर मियामीको अर्को जित, लुइस स्वारेजले गरे गोल
काठमाडौँ । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामीले कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा जित हात पारेको छ ।
इन्टर मियामीले शुक्रबार विहान सम्पन्न पहिलो लेग खेलमा जमैकाको प्रतिद्वन्द्वी काभालियर फुटबल क्लबलाई २–० गोलले हराएको हो । उक्त खेल इन्टर मियामीको घरेलु मैदानमा खेलिएको थियो ।
काभालियरविरुद्धको खेलमा मेस्सी भने उपस्थित थिएनन् । उक्त खेलमा उनलाई आराम दिइएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा इन्टर मियामीले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
निर्धारित समयको ६१ औँ मिनेटमा इन्टर मियामीका लागि टोडेओ एलेन्डेले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले टोलीका लागि दोस्रो गोल थपेका थिए ।
मेस्सीको अनुपस्थितिमा पछिल्लो समय स्वारेजले टोलीका लागि एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले आइतबार खेलिएको मेजर लिग सकर (एमएलएस) को हस्टन डाइनामोविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शनसहित इन्टर मियामीलाई ४–१ गोलको जित दिलाएका थिए । त्यो खेलमा मेस्सी उपस्थित थिएनन् ।
उक्त खेलमा स्वारेज आफैले एक गोल गरेका थिए भने बाँकी तीन गोलका लागि पास उपलब्ध गराएका थिए । इन्टर मियामी र काभालियरबिचको दोस्रो लेग खेल भने मार्च १३ तारिखमा खेलिने छ । उक्त खेल काभालियरको मैदानमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण