मोरङ एमाले मतगणना : ढकाल पक्षको अग्रता कायमै
मोरङ । नेकपा एमाले मोरङको मतगणनामा विनोद ढकाल पक्षले अग्रता कायम राखेको छ । गणना भएको ६८० मतमा नेता विनोद ढकालले अगाडि सारेको टिमबाट अध्यक्षका उम्मेदवार अजम्बर राईले ३३२ मतसहित अग्रता कायम राखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको साथ पाएका राजकुमार ओझाले ३२१ मत पाएका छन् । उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउँदा संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत पाएकी छन् ।
उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याएका छन् । संस्थापन पक्षीय रविन थापाले २८६ मत पाएका छन् । उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत, संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत पाएका छन् । महिला सहसचिवमा भने संस्थापन पक्षीय शिल्पा निराला कार्कीले अग्रता लिएकी छन् ।
३२३ मत पाएकी छन् भने ढकाल पक्षकी उम्मेदवार उषा झाले ३०८ मत पाएकी छन्। विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। अब २०८ मतको गणना गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण