प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै
आइतबार, २५ फागुन २०८१, ११ : ०६

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आज १ हजार ३ सय ७७ विद्यार्थी दीक्षित हुँदैछन्।
दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली दिउँसो काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउँदैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा
-
कहिले सञ्चालनमा आउँछ धरानको स्मार्ट बसपार्क ?
-
आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा
-
इटालियन सिरी’एमा इन्टरले नापोलीसँग घटायो अंकदुरी