रौतहटमा २ जनासहित ५ जना मृत फेला
आइतबार, २५ फागुन २०८१, १२ : ५२
काठमाडौँ । रौतहट जिल्लामा दुई जनासहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप घर भई सोही नगरपालिका-१५ ढुङ्गेअड्डा डेरा गरी बस्ने ५० वर्षीया जुमुना तन्दुकार आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सप्तरी, खडक नगरपालिका-७ स्थित खडक खोलाको दहमा सोही नगरपालका-८ मुसहरनिया बस्ने २५ वर्षीया मुनिता कुमारी मण्डल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रौतहट, चन्द्रपुर नगरपालिका-१ सिर्जना बस्ती बस्ने ७३ वर्षीया फुलमाया माझी सोही ठाउँस्थित नहरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- यसैगरी रौतहट, गरूडा नगरपालिका-६ पोठियाहीस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित हनुमन्ते खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण