सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
चार राष्ट्र सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

युगान्डालाई हराउन नेपालले ७७ रन बनाउनुपर्ने

आइतबार, २५ फागुन २०८१, १४ : ३८
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार खेलिएको खेलमा आयोजक युगान्डाले नेपाललाई जितका लागि ७७ रनको लक्ष्य दिएको छ । चार राष्ट्र सम्मिलित शृंखला युगान्डामा भइरहेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली युगान्डाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो । युगान्डाका लागि ओपनर ईमाकुलेट नाकिसुईले सर्वाधिक २२ रनको योगदान गरिन् । उनले ४० बलमा तीन चौका प्रहार गरिन् । 

स्टेफनी नाम्पिनाले १४ रन बनाइन् । उनले २५ बलमा एक चौका प्रहार गरिन् । मलिसा अरिओकोटले २४ बलमा ११ रन बटुलिन् । युगान्डाका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।  युगान्डाले अतिरिक्त रुपमा १० रन पायो । नेपाली टोलीकी बलर पूजा महतोले तीन विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिइन् ।

कप्तान ईन्दु बर्माले पनि दुई विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल आठ रन खर्चिइन् ।  यसअघि, शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा युगान्डाले भने हङकङलाई पराजित गरेको थियो । जारी शृंखलामा नेपाल, युगान्डा, नामिबिया र हङ्कङको सहभागिता रहेको छ ।

शृंखलामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबिचच फाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप