प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा
बुटवल । लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनालाई टुंग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ ।
यो छलफलबाट आएका सुझावहरूलाई समेटेर गुरुयोजनालाई अन्तिम रूप दिने र प्रदेश सरकार मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले गुरुयोजना आवश्यकतासहितको आधारमा निर्माण गर्न थालिएको बताए।
उनले भूगोल र जनसंख्यालाई आधार मानेर योजना तर्जुमा गर्नुपर्ने बताए । उनले आवश्यकता र औचित्यको आधारमा गुरुयोजनालाई टुंगोमा पुर्याउने काम भइरहेको बताए ।
उनले अव प्रदेश सरकारको आफ्नै सडक हुनेछ । जसले प्रदेशलाई विकास निर्माणको काममा नयाँ उचाइमा पुराउने बताए ।
मुख्यमन्त्री आचार्यले समानीकरण अनुदान प्राप्त नभएपछि प्रदेश सरकारमाथि दायित्व थपिदा केही जटिलताहरू देखिन थालेको बताए ।
गुरुयोजना निर्माण तथा कार्यान्वयनका लागि सबै पक्षबिच समन्वय आवश्यक रहेको बताउँदै प्रदेश सरकार गुरुयोजना कार्यान्वयन गर्न प्रतिबद्ध रहेको प्रस्टाए।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सडक निर्माणको कामलाई नयाँ उचाइमा पुर्याउन गुरुयोजना कोशेढुंगा सावित हुने बताए । उनले गुरुयोजनाको आधारमा बार्षिक योजनाहरु छानिने समेत स्पष्ट पारे ।
सभामुख तुलाराम घर्ती मगर, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, प्रमुख सचिव बावुराम अधिकारी लगायतले गुरुयोजना अनुसार कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न जोड दिए।
हाल प्रदेशमा करिब तीन हजार चार सय सडक पहिचान भएका छन् । जस मध्ये दुई हजार दुई सय सडकमा यस वर्ष बजेट परेको छ । तर, बजेटको आकार सानो हुँदा नतिजा देखाउन मुस्किल पर्ने गरेको छ । अहिले प्राथमिकता निर्धारण गर्दै निर्वाचन क्षेत्रअनुसार पाँच वटा सडक विकास गर्ने नीति लिइएको छ । भूगोल, जनसंख्या, पर्यटन, सीमा सडक र कृषि सडकलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले बताए ।
लुम्बिनी प्रदेशमा गुरुयोजना निर्माणको यात्रा २०७५्७६ बाट सुरु भएको हो । २०७६ मा प्रारम्भिक मस्यौदा तयार गरिएको थियो । गुरुयोजना निर्माण गर्दा प्रदेश मार्गलाई दुईभन्दा बढी जिल्ला जोड्ने प्रमुख मार्ग, दुई जिल्ला केन्द्र जोड्ने मार्ग, विमानस्थललाई जोड्ने मार्ग, दुई राष्ट्रिय राजमार्ग जोड्ने मार्ग, संघबाट हस्तान्तरण गरिएका सहायक राजमार्ग, प्रदेश राजधानीसँग जोड्ने मार्गलाई समेटिएको छ । सामाजिक र आर्थिक प्राथमिकता अनुसारको योजनालाई पनि प्राथमिकता दिइएको छ । आबादीका आधारमा पहाड र तराईका क्षेत्रका सडकको दूरी निर्धारण, बस्ती, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थललाई जोड्ने सडक, कृषि, पर्यटन, बजार, उद्योगका लागि सडक प्राथमिकता, उच्च प्राथमिकता प्राप्त सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण