जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा विषय बनाउनुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ सुरु गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले राजनीतिक दलहरूले राजनीतिक विषयहरू बाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताए । उनले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरू सबै राजनीतिक दलहरूको साझा विषय बन्नुपर्ने बताए । रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनले बताए ।
महामन्त्री शर्माले भने, ‘राजनीतिक दलहरूले गर्ने बहस, दलहरूको कर्म, दलहरूको एजेण्डा, दलहरूको प्रतिस्पर्धाको विषय अब राजनीतिक विषय जति छन् त्यसको अलवा, जनसरोकारको विषय, नागरिकलाई छुने विषयहरूमा जानुपर्छ । जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो । सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो ।’
महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण